सानोपोटा गाउँमा आगलागी हुँदा १५ वटा घर जल्याे

9

काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर–४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ वटा घर जलेका छन् । नजिकको सामुदायिक वनबाट फैलिएको डढेलोबाट भएको आगलागीमा १५ घर र १० वटा गोठ जलेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

महादेवटार सामुदायिक वनमा लागेको डढेलो सानोपोटा गाउँमा फैलिएको हो । नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दाको टोलीले बस्तीको आगो निभाएका छन् । वनको डढेलो निभिसकेको छैन । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार क्षतिको विवरण सङकलन तथा डढेलो निभाउने काम भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here