एकै दिन बढ्यो सुनको भाउ

30
whatsapp sharing buttonकाठमाडाैं । सुनको भाउ आज शुक्रवार एकै दिन दुई हजार तीन सय रुपैयाँले बढेर तोलामा एक लाख १५ हजार पाँच सय रुपैयाँमा पुगेको छ ।

गएको सोमवार सुनको भाउ तोलामा एक लाख १३ हजार दुई सय रुपैयाँ थियो । मङ्गलवार, बुधवार र हिजो बिहीवार तिहार बिदामा सुनचाँदीको मूल्य तोकिएको थिएन । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले लक्ष्मी पूजाको भोलिपल्ट २७ गते भाउ तोकेपछि आज बल्ल बजार खुलेको हो ।

यस्तै चाँदी तोलाको एक हजार चार सय ५० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तराष्ट्रिय बजार मूल्यअनुसार नेपालमा भाउ तोक्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here