सुर्खेत । अत्याधिक चिसोका कारण जाजरकोटका दुई भूकम्प प्रभावितहरुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंह रहेका छन् । भूकम्पले घरबास गुमेपछि उनीहरु त्रिपालमुनी बस्दै आएका थिए ।
‘उहाँहरु दमको दिर्घरोगी हुनुहुँदो रहेछ। त्रिपालमुनि बस्ने हुँदा अत्याधिक चिसोले च्यापेपछि मृत्यु भएको पाइएको छ।’ अध्यक्ष गिरीले भने ।
बारेकोटको माथिल्लो भागमा हिउँदा हिउँ पर्ने भएकाले चिसो अत्याधिक बढ्दै गएको छ । गत साता नलगाड नगरपालिका–४ मा पनि चिसोका कारण दुई जना दीर्घरोगीको मृत्यु भएको थियो ।


















