काठमाडौं । माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताका लागि छलफल भएको छ।
गत वर्ष चुनाव अघि नै एकता गर्ने राजनीतिक सहमति गरेर नेसपाका अध्यक्ष भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन क्षेत्र (गोरखा–२) छाडे पनि ठोस प्रगति हुन सेकेको थिएन।
आइतबार माओवादीका वार्ता समिति संयोजक कृष्णबहादुर महरा र नेसपाका वार्ता समिति संयोजक गंगानारायण श्रेष्ठबीच पार्टी एकताका विषयमा औपचारिक कुराकानी भएको हो। कुराकानीपछि जारी विज्ञप्तिमा उनीहरुले पार्टी एकताका लागि पार्टी एकताका लागि ठोस रुपमा अघि बढ्न सुझाव दिने निर्णय गरेको जानकारी दिए।
नेसपासँग एकता गर्ने भने पनि माओवादी केन्द्रकै अरुचीका कारण नेसपालाई समाजवादी मोर्चा बाहिर राखिएको थियो। माओवादी, एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा सम्मेलित समाजवादी मोर्चामा नेसपा सहभागी हुन इच्छुक भए पनि प्रचण्ड अरुचिका कारण समावेश गरिएन्।



















