समाचारपत्रलाई राष्ट्रिय विभूति शंखधर साख्वा सम्मान

109
काठमाडौं । नेपाल् संवत् राष्ट्रिय संवत्को प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएबापत नेपाल समाचारपत्र दैनिकलाई यस वर्षको राष्ट्रिय विभूति शंखधर साख्वा सम्मान प्रदान गरिएको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले प्रत्येक वर्ष नेपाल संवत् नयाँ वर्षको दिन नेपाल संवत् विशेषांक प्रकाशित यस संवत्को मौलिकता, गौरवलाई व्यापक बनाउन ऐतिहासिक योगदान गरेको भन्दै सो सम्मान प्रदान गरिएको हो । गत मंगलबार मध्यपुर थिमीमा आयोजित नेपाल संवत् नयाँ वर्षको समारोहमा सो सम्मान प्रदान गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समाचारपत्र दैनिकका प्रमुख कार्यकारी अधिकृत एवं प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठलाई सम्मानपत्र प्रदान गर्नुभयो ।

त्यसै गरी नेपाल संवत्को एप्स बनाउने सौनक रञ्जितकारलाई सोही सम्मान प्रदान गरिएको थियो । सो अवसरमा नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउने अभियानमा उल्लेखनीय योगदान पु¥याउनुभएका एवं कलाकार गणेश साय्मी, वरिष्ठ गायक रामकृष्ण दुवाल र श्रव्यदृष्यमार्फत् नेपाल संवत्को प्रर्वद्धनमा टेवा पु¥याएवापत सञ्चाकर्मी नारायणसुन्दर किलम्बुलाई राष्ट्रिय साख्वा शंखधर पदक प्रदान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष ज्ञानुराम श्रेष्ठका अनुसार हरेक वर्ष विभिन्न व्यक्तित्व र संस्थालाई सम्मान र पदक प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here