पेट्रोलियम पदार्थको भाउ बढाएको भन्दै आयल निगम घेराउ गर्दै नेविसंघ

106

काठमाडौं । साेमबार पेट्रोलिय पदार्थको मूल्यवृद्धि विरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रदर्शन गर्ने भएका छन् ।  प्रधानमन्त्री ओली नेतृत्वको सरकारले बारम्बार पेट्रोलियम पदार्थको भाउ बढाएको भन्दै नेविसंघले दिउँसो नेपाल आयल निगम घेराउ गर्न लागेका हुन् ।

नेविसंघ केन्द्रीय कार्यसमितिले दिउँसो २ः३० बजे निगमको केन्द्रीय कार्यालय घेराउ गर्न लागेको जनाएको छ ।  निगमले आइतवार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । त्यसको विरुद्धमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले समेत विरोध प्रदर्शन गर्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here