गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ

24

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा गेष्ट हाउसका संचालक सोही ठाउँ बस्ने झापा दमक नगरपालिका-१ घर भएका ४२ वर्षीय विक्रम बजगाँईसमेत छ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग गोंगबु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here