काठमाडाैं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमै गुणस्तरीय शिक्षा रहेको र पढ्नकै लागि विदेश जानुपर्ने अवस्था नरहेको जनाएका छन्।
काठमाडौँको एक कार्यक्रममा उनले राजनीतिक परिवर्तनसँगै नेपालमा आफूले चाहेको विषय पढ्ने अवसरहरू पनि सृजना भइसकेको जनाएका हुन्।
सिंहले सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै समयअनुसार विद्यालय सञ्चालन गर्न सक्नुपर्ने पनि जनाए ।


















