युनाईटेडले ब्राइटनलाई हरायाे

84

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित हात पारेको छ । आइतवार राति भएको खेलमा युनाईटेडले ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर युनाईटेडले जित निकालेको हो । खेलको १३ औं मिनेटमा ड्यानी वेलब्याकले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६२ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।त्यसपछि खेलको ८३ औं मिनेटमा मासन ग्रीनउडले गोल गर्दै युनाईटेडलाई २-१ को जित दिलाए ।

जितसँगै युनाईटेडले ३० खेलमा ६० अंक जोडेको छ । युनाईटेड दोस्रो स्थानमा रहेको छ । ब्राइटन ३२ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here