झापा । बाह्रदशी गाउँपालिका-३ राजगढ बस्ने रन्जित शाहको घरबाट ४ तोला सुन, चाँदी ७ तोला, ट्याव १ थान१, स्मार्ट घडी १ थान र नगद समेत गरी करिब ५ लाख १२ हजार रूपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको छ ।
छठ पर्व मनाउनको लागि घरको सबै सदस्य अदुवा खोला गएको अवस्थामा अपरिचित व्यक्तिले ढोकाको ताल्चा फुटाई सामान चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
















