प्रचण्डको आह्वानमा निजी क्षेत्रका प्रतिनिधिसहितको छलफल सुरु

65
sf7df8f}F,@! k';M k|d bfxfn l;+xb/af/l:yt cfkmg} sfo{sIfdf k|wfgdGqL k'iksdn bfxfn k|r08 . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । अर्थतन्त्र चलायमान बनाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा निजी क्षेत्रका प्रतिनिधिसहितको छलफल सिहंदरबारमा सुरु भएको छ ।

समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग छलफल आयोजना गरेको हो ।

देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।

मंगलबारको बैठकमा आन्तरिक संरचनामा के उपलब्धि भयो, वर्तमान समस्या र चुनौती तथा आगामी कार्यदिशा के लिएर अगाडि बढ्दैछौं भन्ने विषयमा निजी क्षेत्रको पनि सुझाव लिने योजना रहेको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here