नयाँ सुरुवातले नयाँ गति पक्रने आशा : प्रधानमन्त्री

64

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सर्नुभएको छ ।

वि.सं. २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पले सो भवन क्षति पुगेको थियो । त्यसलाई पुनर्निर्माण गरी तयारी गरिएको हो ।

नयाँ कार्यालयमा रहेको आफ्नो कुर्सीमा बस्दै गर्दा सञ्चारकर्मीलाई  प्रधानमन्त्री प्रचण्डले प्रतिक्रिया दिएका छन् । उनले नयाँ सुरुवातले नयाँ गति पक्रने आशा व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले १२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्ताको तस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ पूरा भएको बताए । उनले अब नयाँ उत्साह र आत्मविश्वासकासाथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here