गाजामा युद्धविराम गर्न भएकोमा स्वागत

12

काठमाडाैं । नेपाल सरकारले पश्चिम एसियाको गाजामा युद्धविराम गर्न भएको सहमतिको स्वागत गरेको छ ।

परराष्ट्र मन्त्रालयले बिहीवार एक विज्ञप्ति निकालेर मानवीय सहायता सामग्रीको आपूर्ति तथा बन्दीहरूको रिहाइका लागि भएकाे सहमतिकाे स्वागत गरेको हो ।

कतार, अमेरिका र इजिप्टको कुटनीतिक प्रयासमा भएको सहमतिको नेपालले सराहना गरेको छ । सरकारले नेपाली विद्यार्थी विपिन जोशीको तत्काल रिहाइका लागि सम्बद्ध पक्षसँग पुनः आह्वान पनि गरेको छ ।

बुधवार इजरायल र हमासबीच युद्धविरामको सहमति भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here