काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदसँग कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीले भेट गरेका छन् ।
नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौँ आइपुगेका अल–मुखैरीले साउदलाई शुक्रबार मन्त्रालयमा भेट गरेका हुन् ।
विद्रोही हमासले रिहाइ गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाई गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपकराज जोशीले जानकारी दिए ।
यसअघि बिहीवार मन्त्री साउदले जोशीको रिहाईका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।
भेटका क्रममा उनीहरुबीच रोजगारी, ब्यापार तथा लगानी आदान प्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो ।

















