जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज राति ९ः३० बजे यूएईको दुबई जाँदैछ ।
प्रतिनिधिमण्डलमा वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु छन् । भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल र स्वकीय सचिव रमेश मल्ल पनि सहभागी हुनेछन् ।