यस्ताे छ पोखरा र ललितपुरको खेल तथ्यांक

35
१३ मंसिर, काठमाडौं । नेपाल सुपर लिग २०२३ को बुधबार हुने खेलमा पोखरा थन्डर्स र ललितपुर एफसी भिड्दै छन् । दशरथ रंगशालामा हुने यस खेलसँग जोडिएका तथ्यांक यस्ता छन् –

 

१. पोखरा र ललितपुरबीचको खेल यसपल्टको प्रतियोगिताको सातौं र समग्रमा ३२ औं खेल हुनेछ ।

२. प्रतियोगिताले दोस्रो चरण पुग्दा दुवै समान स्थितिमा छन् । दुवैको एक खेलबाट समान तीन अंक रहेको छ ।

३. गोल अन्तरको आधारमा भने ललितपुर अगाडि छ ।

४. पोखराले आफ्नो पहिलो खेलमा चितवनलाई १-० ले हराएको थियो । यस्तै ललितपुरलले बुटवल लुम्बिनीलाई २-० ले हराएको थियो ।

५. दुवै टिमबीच ०७८ को संस्करणमा भएको खेल गोलरहित बराबरीमा टुंगेको थियो । ललितपुरले त्यसै खेलपछि आफ्ना प्रशिक्षक प्रदीप हुमागाईसँग अगल हुने निर्णय गरेको थियो ।

६. प्रतियोगिताको इतिहासमै पोखराले अहिलेसम्म सात खेल खेलेकोमा तीनमा विजयी, दुईमा बराबरी र दुईमा पराजित रहेको छ ।

७. ललितपुले अहिलेसम्म समग्रमा नौ खेल खेलेकोमा चारमा जित, तीनमा बराबरी र दुईमा हार रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here