काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेल बराबरीमा सकिएको छ । शनिबार अपरान्ह भएको खेलमा दुबै पक्षले गोल गर्न सकेनन् ।
दुबै टिमले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । खेलको म्यान अफ दि म्याच ललितपुर सिटी एफसीका गोलकिपर जेफ्री विलि मार्सेल बनेका छन् । उनले ३० हजार रुपैयाँ पाएका छन् ।
शनिबारको खेलपछि धनगढीको ७ अंकका साथ शीर्ष स्थानमा कायम छ भने ललितपुर ५ अंकका साथ दोस्रो स्थानमा पुगेको छ ।


















