उपभोक्तामाथि लुट मच्चाउँदै पानी व्यापारी, प्रशासन मौन

66

टीकापुर। कैलालीका पानी उत्पादकहरूले पानी विक्रीमा लुट मच्चाए पनि स्थानीय प्रशासन भने मौन रहेको छ । प्रशासन र नियामक निकायकै अगाडी एक बोतल पानीलाई ३० रुपियाँ एमआरपी मूल्य पिन्ट गरी विक्री गर्दे उपभोक्ता माथि ठगी गर्ने गरेको हो ।

यो बजार मुल्यको दुई सय प्रतिशत बढी हो । कैलाली बर्दगोरियामा रहेको आकाश गङ्गा वाटर बेभरेज प्रालिको बेन्सी ब्राण्डको पानीको बिक्री मूल्य ३० रुपियाँ राखेको छ । बिक्रेताहरूले उपभोक्तालाई पनि सोही मूल्यमा पानी बेचिरहेका छन् ।

धनगढी उपमहानगरपालिकाको पश्चिम गेटमा रहेको स्पेसल पराठा सेन्टरका सञ्चालक अमिर अवस्थीले आफूले अधिकतम खुद्रा मूल्य लिएर पानी बेचिरहेको बताउनुभयो । कम्पनीले नै प्रतिकार्टुन (१२ वटा) को १५० मा विक्रेतालाई दिने गरेका छन् भने खुद्रा विक्रेताले १४० प्रतिशत नाफा लिएर बेच्ने गरेका छन् । बेन्सी त्यही कम्पनी हो जसको प्याक गरेको बोतलभित्र २०७९ असारमा माकुरा भेटिएको थियो ।

२०७७ साल साउनमा प्रतिनिधि सभाको उद्योग वाणिज्य श्रम तथा उपभोक्ता समितिबाट गठित उपसमितिले पानीको लागत मूल्य र नाफाको अध्ययन गरी मूल्य निर्धारणका लागि प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन अनुसार  काठमाडौँ उपत्यकामा प्रतिलिटर बोतलमा १६ रुपियाँ र बाहिर २० रुपियाँ सिफारिस गरेको थियो । प्रति कार्टुन कम्पनी मूल्य ११० रुपियाँ, वितरण मूल्य १३० रुपियाँ र खुद्रा मूल्य १५० रुपियाँ तोकिएको छ ।

यस्तै प्रशोधित पानीको प्रति जार कम्पनी मूल्य २० रुपियाँ, वितरण मूल्य ३५ रुपियाँ खुद्रा मूल्य ४० रुपियाँ र अधिकतम खुद्रा मूल्य ५० रुपियाँ तोकेको थियो । उपत्यकामा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोही बमोजिम मूल्य निर्धारण गरी कार्यान्वयन भइरहेको छ । तर काठमाडौँ बाहिर खुलेका केही पानी कम्पनीले भने विभागले तोकेको भन्दा धेरै मूल्य राखी पानी बेचिरहेका पाइएको छ । यी सबै मूल्य मिनिरल पानीको लागि मात्र हो । पानीको गुणस्तर माथि समेत प्रश्न उठ्ने गरे पनि गुणस्तर विभागले पानीको सत प्रतिशत गुणस्तर कायम गराउन सकेका छैनन् ।

‘काठमाडौंको तुलनामा उत्पादन लागत कम पर्ने तराईका जिल्लामा पानीको मूल्य यति धेरै हुनु ठगी हो,’ अधिवक्ता विष्णुप्रसाद तिमिल्सिना भन्नुहुन्छ, ‘खरिद मूल्यको २० प्रतिशत भन्दा बढी नाफा लिनु कालोबजारी तथा बजार व्यवस्थापन ऐन २०३२ अनुसार सामाजिक अपराध हो यहाँ उत्पादक र खुद्रा विक्रेताले उपभोक्तालाई ठगेका छन् उपभोक्ता र नियामक निकाय दुबै तात्नुपर्छ ।’

कैलालीको बजारमा बाहिरबाट आएका पानीको मूल्य भने प्रतिलिटर २० रुपियाँ नै छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कम्पनी रहेको नारायण वेभरेज उद्योगको अक्वा एनबी ब्राण्डको पानी प्रतिलिटर अधिकतम मूल्य २० रुपियाँमा उपलब्ध भइरहेको छ तर यहीका स्थानीय उत्पादकले भने प्रति लिटर २५–३० लिनु सरासर ठगी भएको उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष धनपति ढुङ्गेल बताउनुहुन्छ ।

‘संसदीय समितिको निर्देशन र विभागले तोकेको मूल्य भन्दा बढी मूल्य राख्ने कम्पनी र विक्रेताहरूबारे उजुरी आयो वा अधिक मूल्य लिएको पाइएमा जिल्ला प्रशासन कार्यालय, जिल्लास्थित वाणिज्य कार्यालयले कानुन अनुसार कारबाही चलाउँछ’ विभागका प्रवक्ता आनन्दराज पोखरेलले भन्नुभयो, ‘जिल्ला प्रशासन कार्यालय नपुगेको स्थानमा त्यहीको स्थानीय सरकारले गर्नुपर्दछ । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here