लियोनल मेसी विश्वको उत्कृष्ट खेलाडी घोषित

32

एजेन्सी । अर्जेन्टिनाका विश्व चर्चित स्टार लियोनल मेसीलाई विश्वको प्रतिष्ठित म्याग्जिन ‘टाइम’ले वर्षको उत्कृष्ट खेलाडी घोषित गरेको छ। उसले मेसीको इन्टर मियामीमा गरेको जादुमयी प्रदर्शन र अर्जेन्टिनालाई विश्वकप दिलाउँदा उनले खेलेको अद्भभूत खेल तथा हरेक क्षणको बयान गर्दै म्यागजिनले उनलाई वर्ष खेलाडी घोषित गरेको हो।

‘गुलाबी इन्टर मियामी जर्सी लगाएको आफ्नो पहिलो खेलमा लियोनल मेसीले मेजर लिग सकर (एमएलएस) मा डेब्युको अन्तिम सेकेन्डमा फ्री किक पाएका थिए। जहाँ फ्रिकिकका लागि महान खेलाडी मेसी तयार थिए। उनै मेसीले गत वर्ष अर्जेन्टिनालाई लगभग चार दशकमा पहिलो पटक विश्वकप जिताउन नेतृत्व गरे, जुन अमेरिकाको अन्तिम स्थानको क्लबको लागि उनको योगदानले अमेरिकीहरूलाई कसरी मैदानमा पुर्‍यायाे। त्यसको साक्षी सिंगो विश्व छ’, म्यागजिनमा उल्लेख छ।

मेसीले कसरी गोल गरे र कस्तो अवस्थाबाट क्लबलाई उपाधि दिलाएका थिए भनेर म्यागजिनले सविस्तार चर्चा गरेकाे छ।

टाइम म्यागजिनले मेसीको अमेरिका आगमनपछि स्टेडियम पुग्ने समर्थकको संख्या, टिकट मूल्य, मर्चनडाइजको बिक्री र मेजर लिग सकर लिग हेर्ने दर्शकमा भएको अभूतपूर्व वृद्धिलाई आधार देखाएको छ। मेसी गत जुलाईमा अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध भएका थिए।

उनले सबै प्रतिस्पर्धामा गरी १४ खेलमा ११ गोल गर्दै सानदार प्रदर्शन गरेका थिए। मेसीको उत्कृष्ट प्रदर्शनको सहयोगमा मियामीले लिग कपको उपाधि जितेको थियो। मायामीको इतिहासमै यो पहिलो ठूलो उपाधि रह्यो।

मेसीले मियामीसँगको सम्झौता गरेर असम्भवलाई सम्भव बनाएको र अविश्वसनीय रहेको मानेको छ। मेसीले अमेरिकी फुटबललाई अर्को युगमा प्रवेश गराएको उल्लेख गरेको छ। यसअघि जिम्न्यास्ट सिमोन बाइल्स, पौडीका माइकल फेल्प्स र एनबीए सुपर स्टार लेबरोन जेम्सले पनि यो अवार्ड जितेका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here