काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कपिल ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले ढकाललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
चार्टर्ड एकाउन्टेन्ट रहेका ढकालसँग डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ । उनी एनआईसी एसिया क्यापिटल लिमिटेड र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रहनुका साथै हाल ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष पनि हुन् ।


















