माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

85
काठमाडौं । माल्टा पठाइदिन्छु भनेर रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्लाको हिमा गाउँपालिका ५ घर भई हाल काठमाडौं १५ डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाही रहेका छन्।

शाहीले सोम्बार तामाङ समेत दुई जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भनेर ७ लाख ५ हजार रुपैयाँ लिएर फरार भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जावलाखेलबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ। माल्टा जानका लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्ने त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने भनेर उनले पीडितबाट पटक पटक गरेर सात लाख बढी रकम लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here