आगलागीबाट एक घर पूर्ण रूपमा क्षति

66

ताप्लेजुङ  । ताप्लेजुङमा आगलागीबाट एक घर पूर्ण रूपमा क्षति भएको छ।

फुङलिङ नगरपालिका-६ उकालीपानीस्थित लाल बहादुर गुरूङको घरमा शनिबार बिहान आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार आगलागीबारे बिहान साढे ७ बजे प्रहरीले सूचना पाएको थियो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सबै मिलेर एक घन्टामा आगो नियन्त्रणमा लिएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिए।

आगलागीबाट गुरूङको दुईतले ढुंगामाटोले बनेको घर पूर्णरूपमा क्षति भएको र घरमा भएका खाद्यान्न र लत्ता कपडा पनि जलेर नष्ट भएको उनले बताए।

आगलागीबाट करिब ५ लाखको क्षति भएको छ।  विद्युत् सट भएर आगलागी भएको प्रहरी निरीक्षक लुङ्गेलीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here