कांग्रेसलाई परिवर्तन गरेर अघि बढ्न जरुरी : शेखर कोइराला

51

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीहरुसँग गठबन्धन गर्न नहुने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्।

‘यदि कांग्रेसले गठबन्धन नै गर्ने हो भने लोकतान्त्रिक पार्टीहरुसँग गर्नुपर्छ। कम्युनिष्ट पार्टीहरुसँग गठबन्धन गर्दै जाने हो भने कांग्रेसको अस्तित्व नै समाप्त हुन्छ,’ उनले भने।

कोइरालाले देश परिवर्तन गर्नु छ भने नेपाली कांग्रेसलाई परिवर्तन गरेर अघि बढ्न जरुरी रहेको जनाए। गठबन्धन पनि निर्वाचनपछि गर्ने कि अगाडि भन्ने कुरामा सोच्न जरुरी रहेको उनको धारणा थियो।

डा कोइरालाले भने, ‘यही निर्वाचन प्रणालीमा गठबन्धन गर्नैपर्छ। तर गठबन्धन प्रि-इलेक्सन गठबन्धन कि पोस्ट इलेक्सन गठबन्धन गर्ने भन्नेमा ध्यान दिनुपर्छ। हामी त डेमोक्रेटिक पार्टी कस्तो पार्टीसँग गठबन्धन गर्दैछौँ? भन्ने ध्यान दिनुपर्छ।’

एउटा डेमोक्रेटिक पार्टी कम्युनिस्टहरुसँग गठबन्धन गर्दा कहाँ पुग्ने हो भन्ने विषयमा सोच्नुपर्ने भन्दै उनले अब कांग्रेसले कम्युनिस्टसँग गठबन्धन नगर्ने दाबी समेत गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here