काठमाडौं । कीर्तिपुरस्थिति पुष्पलाल पार्कदेखि मकवानपुरको फाखेल जोड्ने सडक निर्माण तथा पुष्पलालदेखि चम्पादेवी मन्दिरसम्म जाने केबुलकार निर्माणको माग राखिएको छ ।
शुक्रबार एक कार्यक्रमबीच नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य सूर्य सुवेदीको नेतृत्वमा गएको एक समूहले ती मागसहित विभिन्न २४ बुँदे माग राखेको हो ।
माग सुनवाई गर्नुहुँदै कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का कार्यवाहक वडा अध्यक्ष दिनेशचन्द दाहालले ती मागहरुप्रति सकारात्मक रहेको बताउनुहुँदै कार्यान्वयन गराउन सम्बद्ध पक्षसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का वडा कमिटीका अध्यक्ष राकेश बुढाथोकी र सचिव राकेश विष्टको हस्ताक्षर रहेको सो ज्ञापनपत्रमा वडामा रहेका स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती गर्न, विद्यालयको शैक्षिक गुणस्तर बढाउन, सडक सञ्जाललाई कालोपत्रे गर्न, कृषि पेशाको व्यवसायिकिरणमा टेवा पु¥याउन माग गरिएका छन् ।























