मेनुका पौडेललाई भारतीय चलचित्र प्रभास ‘सलार’ मा गीत गाउने अवसर

82

काठमाडौं । इन्डियन आइडल सिजन-१४ मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले दक्षिण भारतीय अभिनेता प्रभास अभिनित फिल्म ‘सलार’ मा गीत गाउने अवसर पाएकी छिन्। मेनुकाले आइतबार राति प्रसारित इन्डियन आइडलमा यसबारे जानकारी दिएकी हुन्।

आइतबार इन्डियन आइडलको शोमा मेनुकाले गाएको गीतको भिडिओ क्लिप देखाइएको थियो।

उक्‍त शोमा मेनुकाले भनिनन्, ‘म आज निकै उत्साहित छु। किनकि, मैले फिल्ममा गीत गाउने अवसर पाएँ। यो मेरो टर्निङ प्वाइन्ट हो। मेरो तर्फबाट निकै राम्रोसँग गाउने छु।’

फिल्म ‘सलार’ को गीतमा रवि बसरूरले संगीत भरेका छन्। इन्डियन आइडलकी निर्णायकमध्येकी एक श्रेया घोषालले मेनुकालाई दिएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here