काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्दा गर्दै पनि सरकारविरुद्ध चौतर्फी घेराबन्दी गरिएको जनाएका छन्।
‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने प्रयासमा सरकार लागिरहेको छ। सरकारविरुद्ध अर्को ठाउँबाट प्रहार हुँदैछ’, उनले भने, ‘सरकारका राम्रा काम लुकाएर बदनाम गर्न खोजिँदैछ, आक्रमण गरिँदैछ।’
दाहालले राष्ट्र र जनताका पक्षमा काम गर्न सकिने अवसर रहेको बताउँदै अर्थतन्त्रमा पनि सुधार हुँदै गएको जनाए ।
दाहालले प्रतिक्रियावादी र अवसरवादीलाई अहिलेको सुधार मन नपरेको बताए। छैन। ‘नोकरशाही र दलालहरूलाई यी कुरा मन परेका छैनन्। हाम्रो लडाइँ टुंगिएको छैन’, उनले भने, ‘हामी सुधारको प्रयासमा छौँ। लोकतन्त्र र अहिलेको व्यवस्था बलियो बनाएर प्रतिक्रियावादीहरूलाई टाउको उठाउन दिँदैनौँ।’


















