भक्तपुर । मध्यपुर थिमी–२ सानोठिमीमा गएराति टिपरले ठक्कर दिँदा स्कुटी चालकको मृत्यु भएको छ । दुर्घटनामा काभ्रे रोशी गाउँपालिका– १० घर भई गठ्ठाघर बस्ने २३ वर्षको विशाल मैनालीको मृत्यु भएको हो ।
राति पौने ११ बजेतिर थिमीबाट सानोठिमीतर्फ जाँदै गरेको बा४ख २३४७ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा९२ प ५५३१ नम्बरको स्कुटीलाई जनक शिक्षा सामग्री केन्द्र अगाडी सडकमा ठक्कर दिएको हो ।
दुर्घटनामा घाइते भएका मैनालीलाई गठ्ठाघरस्थित नागरिक अस्पताल लगिएको थियो । उपचारका क्रममा राति ११ बजेर २१ मिनेटमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकार किशोर ढुंगानाले जानकारी दिए ।
स्कुटीलाई ठक्कर दिने टिपरका चालक ४२ सिुरेश तामाङलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको ढुंगानाले बताए ।

















