जनकपुरधाम । जनकपुरधाममा विवाहपञ्चमी मेलामा पाकेटमारी तथा अबान्छित गतिविधि गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भीडभाडको मौकाछोपी श्रद्धालुभक्तजनको पाकेट मार्ने तथा दुव्र्यबहार गर्ने १८ जनालाई पक्राउ गरिएको हाे ।
आज दिउँसो १ बजेसम्म त्यति संख्यामा पाकेटमार पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
उनीहरुलाई जनकपुरधाम स्थित गोपाल धर्मशालामा प्रहरी यनिट स्थापना गरी राखिएको छ ।
उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकोक छ ।
उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकोक छ ।


















