एनएसएलमा स्पोर्टिङ इलामकाे पहिलाे जित

47

काठमाडौ । नेपाल सुपर लिग एनएसएलमा स्पोर्टिङ इलामले ललिटपुर सिटीलाई हराएको छ ।

मंगलबार दशरथ रंगशालामा इलामले ललितपुरलाई १–० गोल अन्तरले हराएको हो ।

इलामको जितमा खेलको ५९ औं मिनेटमा फाडे कामाराले विजयी गोल गरे ।

अनुभवी डिफेन्डर मानिएका ललितपुरका करिम ओमलआजाबाट बल खोस्दै कामाराले इलामका लागि गोल गरेका थिए ।

दुवै टिमले केही राम्रा अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेनन् ।

यस सिजन ललितपुर सिटी एफसीले लिगको पहिलो हार ब्यहोरेको छ ।

डेब्यु सिजनमा प्लेअफको दौडबाट बाहिरिने पहिलो टिम बनेको इलामले जित सहित प्रतियोगिताको अन्त्य गरेको छ ।
पुछारको इलामसँगको हारले ललितपुरको शीर्ष स्थानमा पुग्ने अवसर भने गुमेको छ ।

ललितपुर ७ खेलबाट १० अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत रह्यो । इलामले ८ खेलबाट ८ अंक जोडेर तालिकाको पाँचौं स्थानमा उक्लियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here