‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार-२०८०’ घोषणा

96

काठमाडौं । वरिष्ठ संगीतकर्मी नातिकाजीको ९९ औं जन्म जयन्तीको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक समारोहमा ‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार-२०८०’ घोषणा गरिएको छ ।

नातिकाजी स्मृति समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न स्रष्टा, संगीतकर्मी तथा सञ्चारकर्मीलाई यो सम्मान तथा पुरस्कार अर्पण गरिने समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भूजीत बास्कोटाले बताएका छन् ।

नातिकाजीको मित्रपार्कस्थित निवासमा मंगलवार आयोजित विशेष समारोहमा समाजका उपाध्यक्ष दीपक श्रेष्ठले यो वर्ष नातिकाजी स्रष्टा सम्मान तथा पुरस्कार-२०८० द्वारा सम्मानित तथा पुरस्कृत हुने व्यक्तित्वहरुको नाम घोषणा गरेका हुन् ।

यो वर्ष ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान’ बाट गीत रचनातर्फ आनन्द अधिकारी, वाद्यवादनतर्फ केशव सुनाम, गीत रचनातर्फ भूषण खरेल, गीत रचनातर्फ सुनिल थापा, परम्परागत संगीतर्फ धर्म मुनिकार, गायनतर्फ सुदेश शर्मा, वाद्यवादनतर्फ कुमार सिंह, वाद्यवादनतर्फ सुवर्ण लिम्बु, गीत रचनातर्फ राम भट्टराई तथा गीत रचनातर्फ वसन्त वित्यासी थापा छन् ।

त्यस्तै ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार’ बाट पुरस्कृत हुनेहरुमा गीतकार विजय शिवाकोटी, गायक शिशिर योगी, गायिका बानिका प्रधान तथा संगीतकार राजनराज शिवाकोटी छन् ।

त्यस्तै ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट गायक सञ्जय तुम्रोक, गायिका रचना रिमाल, संगीतकार शशि विक्रम थापा तथा गीत रेकर्डिष्ट प्रकाश मिश्र छन् । ‘नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार’ लोक गायक अमृत खातीलाई प्रदान गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here