काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्सेले २१ सय अंक नाघेको छ । साउन १५ यता पहिलो पटक बजारले २१ सय अंक नाघेको हो ।
अघिल्लो दिनको तुलनामा नेप्से ४५.९८ अंक बढेर २१०६ अंकमा कायम भएको छ । यस दिन कुल ५ अर्ब ९८ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन ६ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको थियो । कुल १८३ कम्पनीको मूल्य बढ्दा ५३ को घट्यो भने ७ को स्थिर रह्यो ।
यस दिन ११ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बोटलर्स नेपाल, मेरो माइक्रोफाइनान्स, उन्नती सहकार्य लघुवित्त, शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट, मिडसोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, बीपीडब्लू लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।


















