यस वर्ष उपत्यकाको न्यूनतम तापक्रम

56

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै तल झरेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक विवरणअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस देखिएको हो।
मौसमविद्का अनुसार काठमाडौँ उपत्यकाका लागि यो यस वर्ष अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो।
यसअघि हिजो मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो।

माैसमविद् प्रतिभा मानन्धरका अनुसार आज काठमाडाैँ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ।

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।

देशभरकै तापक्रम दिनप्रतिदिन ओरालो लाग्ने क्रम जारी रहेको मौसमविद्ले बताएका छन्।

माैसमविद् मानन्धरका अनुसार आज काठमाडौँ उपत्यकामा आंशिक बदलीको अवस्था छ। उपत्यकामा आज दिनभर छिनछिनमा घाम र बादल लाग्ने क्रम चलिरहने अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here