बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

90

काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी खोटाङ याम्खा घर भई काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने ३२ वर्षीय मोहन राईलाई बिहीबार चन्द्रागिरि नगरपालिका-२ बाँडभन्ज्याङबाट प्रहरीले पक्राउ गरेको छ ।

९ लाख रुपैयाँ चेक बाउन्स भएको बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी राईलाई झापाबाट काठमाडौं आउदै गरेको यात्रुबाहक बसमा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

राईलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी बृत्त बानेश्वर काठमाडौंमा पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here