लागूऔषध मुक्त समाज अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

253

काठमाडौं – नारी दिवसको अवसरमा “लागूऔषध मुक्त समाज अभियानमा आसराको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम महिला आसरा सुधार केन्द्र तिलगंगामा बिहीबार सम्पन्न भएको छ ।

सो अवसरमा आसरा सुधार केन्द्र रानीवारीकी अध्यक्ष श्रीमती ज्ञानु ज्ञवालीले महिला लागूऔषध प्रयोगकर्ताहरुको उपचार, परामर्श तथा पुनर्स्थापना कार्यको लागि महिला आसरा सुधार केन्द्र संचालनमा ल्याई सुधारात्मक तथा उपचारात्मक कार्यको थालनी गरेको चर्चा गर्दै लागूऔषधको दुरुपयोग विरुद्ध अभिमुखीकरण कार्यक्रम, सामुदायिक कार्यक्रम, चेतनामुलक
कार्यक्रम, उपचार तथा पुनर्स्थापना सघाउ कार्यक्रम, शिक्षक, विद्यार्थी, अभिभावक साथै सरोकारवाला समक्ष अभिमुखीकरण गर्नु केन्द्रको मूल लक्ष्य रहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा. गोबिन्द प्रसाद थापा, केन्द्रका कार्यकारिणी समितिका पदाधिकारीहरु, उपत्यकास्थित सामुदायिक सेवा केन्द्रका अध्यक्ष तथा पदाधिकारीहरु, आसरा सुधार केन्द्रका परामर्शदाताहरु एवं उपचाररत सदस्यहरु, प्रहरी अधिकृतहरु र केन्द्रका प्रहरी कर्मचारीहरुबीच अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा आसरा सुधार केन्द्र रानीवारीका प्रहरी निरीक्षक रविन्द्र थापाले अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासाहरुको निरुपण गर्नुहुँदै लागूऔषध दुर्व्यसनीलाई कानूनी दण्डबाट दण्डीत गरिनु भन्दा पनि सुधारात्मक तथा उपचारात्मक पद्धतीबाट सुधार गर्दै लैजानुपर्ने जनाउनुभयाे ।

आसरा सुधार केन्द्रकी सचिव श्रीमती रीता श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रका परामर्शदाता, उपचारारत सदस्यहरु तथा विभिन्न सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरुले लागूऔषध मुक्त समाज अभियानमा आसराको भूमिका सम्वन्धी आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here