इजरायली आक्रमणबाट मृत्यु हुने सङ्ख्या २० हजार पुग्याे

57

काठमाडौं  । गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार पुगेको छ  । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् । यसैबीच वेस्ट बैंकमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ३०१ र घाइतेको सङ्ख्या तीन हजार ३६५ पुगेको मन्त्रालयले जनाएको छ ।

गाजामा गत २४ घण्टामा इजरायलको आक्रमणमा २१४ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य तीन सय जना घाइते भएका छन् । अक्टोबर ७ देखि इजरायलले दक्षिणी इजरायलमा हमासको आक्रमणपछि गाजा पट्टीमा हमासविरुद्ध युद्ध सुरु गरेको थियो ।

जसमा इजरायली अधिकारीहरूकाअनुसार लगभग एक हजार दुई सय इजरायलीहरूको ज्यान गएको छ । मृत्यु हुनेमा आठ हजारभन्दा बढी बालबालिका र ६ हजार दुई सय बढी महिला छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here