डोनाल्ड ट्रम्पमा राष्ट्रपतिको चुनाव लड्न अयोग्य

39

काठमाडौं। कोलोराडोको सर्वोच्च अदालतले सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको ठहर गरेको छ ।

अमेरिकी क्यापिटलमा जनवरी ६ मा भएको दङ्गाका कारण डोनाल्ड ट्रम्प सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको फैसला आएको हो ।

सर्वोच्च अदालतले चार–तीन मतको आधारमा विद्रोहमा संलग्न व्यक्तिहरूलाई पदमा उम्मेदवार हुनबाट प्रतिवन्धित गर्ने १४ औं संशोधनको धारा ३ को प्रावधानअन्तर्गत ट्रम्पलाई प्रतिवन्ध लगाइएको बताएको छ ।

कोलोराडोको राज्य सचिवलाई ट्रम्पको नाम सूचीवद्ध नगर्न पनि आदेश दिएको छ । ट्रम्पले आदेशको खण्डन गरेका छन् । कोलोराडो र अन्य राज्यहरूमा पनि यस मुद्दालाई निराधार र लोकतान्त्रिक विरोधी विरोध भइरहेको छ ।

यो मुद्दा अब अमेरिकी सर्वोच्च अदालतमा जाने बताइएको छ । ट्रम्पको अभियानका प्रवक्ता स्टीवन चेउङले छिट्टै अमेरिकी सर्वोच्च अदालतमा अपील गर्ने बताएका छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here