‘पाँचौं सम्झना कप’ अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता

96

काठमाडौं । मंगलबारदेखि सुरु हुने ‘पाँचौं सम्झना कप’ अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितालाई डीएचएस र लि-निङले साथ दिने भएका छन्। अखिल नेपाल टेबलटेनिस संघको वार्षिक कार्यक्रमअन्तर्गत हुने प्रतियोगितालाई सम्झना ल्याबोरेटोरी क्लिनकले प्रमुख प्रायोजन गर्नेछ।

आइतबार ललितपुर टेबल टेनिस क्लबले पत्रकार सम्मेलन गर्दै अफिसियल इक्विपमेन्ट पार्टनर र सह–प्रायोजक लि–निङसँग सम्झौता गरेको छ।

बुधबारदेखि माघ २१ गते आइतबारसम्म लैनचौरमा हुने प्रतियोगितामा भारतबाट ९, बेलायतबाट २, फ्रान्सबाट १, पोर्चुगलबाट १ सहित पुरुषतर्फ दुई सय खेलाडी तथा महिलातर्फ ५६ खेलाडीको सहभागिता हुने आयोजनाले जानकारी दिएको छ।

प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल, मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि) र भेट्रान्स सिंगल्स (५५ वर्षमाथि) गरी सात इभेन्टमा प्रतिस्पर्धा हुनेछ।

नेपाली टेबलटेनिसको इतिहासमै सर्वाधिक पाँच लाख धनराशी भएको आयोजकले दाबी गरेको छ। अनुमानित बजेट २२ लाख ५० हजार रुपैयाँ रहेको प्रतियोगिताको सबै टिम इभेन्टका प्रथम, द्वितीय र तृतीय (दुवै सेमिफाइनलिस्ट)लाई  क्रमशः ५०, २५ र १० हजार रूपैयाँ प्रदान गरिने आयोजकले बताएको छ।

यस्तै, सिंगल्सतर्फ पनि क्रमश २०, १० र पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here