पप्पु कन्स्ट्रक्सनमाथि कारवाही गर्न सरकारलाई निर्देशन

122

काठमाडौं / संसदीय समितिले विवादित पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सन कम्पनीलाई संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निर्माणाधिन पुल निर्माणमा गम्भीर त्रुटि भेटिएको निष्कर्ष निकाल्दै ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको हो ।

उपत्यका सडक विस्तार आयोजनाको निर्देशन विपरित गुणस्तरहिन काम गरेको पाइएकाले सो कम्पनीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

समितिले सो पुलको स्थलगत निरीक्षण समेत गरेको थियो । समितिले सो पुलको पुन: डिजाईन नगरी काम अघि नबढाउन पनि सरकारलाई सचेत गराएको छ ।

दिएको निर्देशन समेत पालना नगर्ने तथा पहुँच र प्रभावको आधारमा आफूखुसी गर्ने सो कम्पनीलाई कारवाही गर्नुको विकल्प नरहेको समितिको निष्कर्ष छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here