काठमाडौं– एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डाटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डाटाको मजा लिन सक्नेछन् ।
यो योजना अन्तर्गत एनसेलका ग्राहकले ७ दिन र ३० दिन समयसिमा भएको गज्जबको डाटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डाटा भोलुम प्राप्त गर्न सक्नेछन् ।
यो अफर यहि जेठ ३० गते (बिहिबार) देखि लागु भएको छ । देशको १,००० भन्दा बढि स्थानमा फोरजी सेवा विस्तार गरिएको घोषणा गरेको दुई साता भित्रै एनसेलले अझ सुलभ दरमा आधुनिक मोबाइल कनेक्टिभिटि सुनिश्चित गर्दै फारेजी डाटा बोनसको योजना ल्याएको हो ।
यो योजना अन्तर्गत ७ दिन समयसिमा भएको ५०० एमबी डाटा र ३० दिन समयसिमा भएको ३ जिबी डाटाको खरिदमा ग्राहकले त्यत्तिनै भोलुम बराबरको फोरजी डाटा बोनस स्वरुप पाउनेछन् । जस्तै यदि ग्राहकले ३० दिन समयसिमा भएको ३ जिबी डाटा कर सहित ४५३.३० मा खरिद गरेमा बोनस स्वरुप थप ३ जिबी फोरजी डाटा पाउनेछन् । यो अफरमा ग्राहकले ३ जिबी डाटाकै शुल्कमा ६ जिबी डाटाको मजा लिन सक्नेछन् ।
त्यसैगरी, एनसेलका ग्राहकले सात दिन समयसिमा भएको ५०० एमबी प्याकको खरिदमा ५०० एमबीनै फोरजी डाटा बोनस बापत प्राप्त गर्न सक्नेछन् । एनसेलका ग्राहकले ५०० एमबी प्याक कर सहित ९५.७७ मा सुचारु गर्न सक्छन् । यो अफरसँगै ग्राहकले ५०० एमबी डाटाको शुल्कमा १००० एमबी डाटाको फाइदा लिन सक्नेछन् ।
यस योजना अन्तर्गत बोनसको लाभ लिनका लागि ग्राहकसँग फोरजी सपोर्ट गर्ने ह्याण्डसेट, यु सिम र फोरजी नेटवर्कमा पहँुच हुनुपर्छ । सात दिन वा तीस दिन समयसिमा भएको डाटा भोलुम टुजी, थ्रिजी वा फोरजी कुनै पनि नेटवर्कमा चलाउन सकिनेछ भने बोनस डाटा फोरजी नेटवर्कमा मात्र चलाउन सकिनेछ । एनसेलले आफ्नो फोरजी सेवा देशका १,००० भन्दा बढि स्थानहरुमा विस्तार गरिसकेको छ ।
एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको सात दिन वा तीस दिनको गज्जबको डाटा प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकले एसएमएसबाट पनि यो प्याक सुचारु गर्न सक्नेछन् । सात दिनको प्याक सुचारु गर्न ७५ टाइप गरि १७१२३ मा एसएमएस पठाउन सक्नेछन् भने ३५५ टाइप गरि १७१२३ मा एसएमएस पठाइ तीस दिनको प्याक सुचारु गर्न सक्नेछन् ।
ग्राहकहरुलाई नेपालकै सबै भन्दा ठूलो फोरजी नेटवर्कको पहँुचबाट लाभ प्रदान गर्न यो बोनस योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । एनसेलको फोरजी नेटवर्कले सरकारको डिजिटल नेपाल फ्रेमवर्क र ब्रोडव्याण्ड पुर्वाधार तथा उच्चगतिको इन्टरनेट सेवामा पहुँच वृद्धि गर्न केन्द्रित राष्ट्रिय ब्रोडव्याण्ड नीतिको कार्यान्वयनमा योगदान गर्नेछ ।


















