पुछारको वीरगन्जसँग काठमाडौं स्तब्ध

60

काठमाडौं । शीर्ष चारको दौडमा रहेको काठमाडौं अन्नत अङ्क तालिकाको पुछारमा रहेको विरगन्ज युनाइटेडसँग ४-१ ले स्तब्ध बनेको छ। हारसँगै काठमाडौंको शीर्ष चारको सम्भावना अन्तिम खेलमा धकेलिएको छ।  जितपछि वीरगन्जको समेत प्लेअफ सम्भावना जिवित बनेको छ। काठमाडौंलाई पराजित गर्दा ह्यट्रिक गरेका विलियम ओपोकुको यो जारी एनएसएलमै पहिलो ह्याट्रिक हो।

खेलमा सुरुवाती अग्रता लिएपनि काठमाडौं दोस्रो हाफमा नाटकिय रुपमा लगातार गोल खान पुग्दा ४-१ ले स्तब्ध बन्यो। पहिलो हाफ १-१ गोलको बराबरी भएको खेलमा दोस्रो हाफमा वीरगन्जले तीन गोल गर्‍यो। दोस्रो हाफको सुरुवाती १० मिनेट भित्र काठमाडौं ३ गोल खान पुगेको थियो।

खेलको २०औं मिनेटमा काठमाडौँले अग्रता लिएको थियो। कुलदीप कार्कीको क्रस हिसुब थपलिया र डिफेन्डरबिचको तानातानमा पछि रहेका एन्केन्ग्वे जुनियरको सामु पुगेपछि उनले बललाई दोस्रो बार चेप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो।

अग्रता दोब्बर बनाउने सुन्दर मौका काठमाडौंले ३७औं मिनेटमा गुमाउन पुग्यो। वीरगन्जका डिफेन्डरले हिसुबमाथि फल गरेपछि  पाएको पेनाल्टीमा काठमाडौंका शोखरुखले गरेको पेनाल्टी दीप कार्कीले बचाउँदा काठमाडौं अग्रता दोब्बर बनाउन असफल भयो।

शीर्ष चारको दौडमा गणतिय सम्भावना कायम राख्न जित्नै पर्ने दबाबमा रहेको वीरगन्जले पेनाल्टी मार्फत खेल बराबरीमा ल्यायो। पहिलो हाफको इन्जुरी समयमा सुशिल लामाको प्रहारमा आन्द्रेस नियाले हेड गरेको बल रेफ्रीले ह्यान्डबल दिएपछि वीरगन्जले पेनाल्टी पाएको थियो। पेनाल्टीमा विलियम ओपोकुले गोल गर्दै खेल बराबरीमा ल्याए।

दोस्रो हाफको सुरुवातमानै वीरगन्जले अग्रता दोब्बर बनायो। ४६औं मिनेटमा वीरगन्जका सुनिल खड्काले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। ओबेड ओवासुको सानदार क्रसलाई उनले गोललाईनमा सहज टच दिंदा वीरगन्जले अग्रता बनायो।

सुशील लामाको कर्नरमा ओपोकुले ५५ औं मिनेटमा आकर्षक हेड गर्दै व्यक्तिगत दोस्रो टिमका लागि तेस्रो गोल गरेका थिए। दोस्रो गोल गरेको २ मिनेट नवित्दै ओपेकुले ह्यट्रिक पुरा गरे। सुशीलले नै डिबक्स भन्दा केही बाहिरबाट गरेको लामो प्रहारलाई नियन्त्रणमा लिंदै काठमाडौं गोलरक्षक एन्जल अगाडि बढेको मौकामा डिबक्स भन्दा केही बाहिरबाट गरेको लामो प्रहार गोलमा परिणत भएको थियो।

जित पछि वीरगन्जले पनि प्लेअफमा पुग्ने आफ्नो झिनो सम्भावना कायम राखेको छ। वीरगन्जको ७ खेलमा ८ अंक बनाउँदै छैटौं स्थानमा उक्लियो। स्पोर्टिङ इलाम समान ८ अङ्क भएपनि गोलअन्तरमा अघि रहँदै वीरगन्ज छैटौं स्थानमा उक्लिएको हो। पाँचौं स्थानमा रहेको काठमाडौंको भने ७ खेलबाट ९ अंक रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here