बजारमा सुनचाँदीको मूल्य घट्याे

51

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

बिहीबार प्रतितोला एक लाख २२ हजार पुगेर नयाँ रेकर्ड बनाएको सुन एक हजार ३०० रुपैयाँले घटेको हो। शुक्रबार छापावाल सुन एक लाख २० हजार ७०० मा झरेको छ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २० हजार १०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँमा किनबेच भइरहेको छ। बिहीबार एक हजार ४९० रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here