सिरहा । १३ पुस लहान नगरपालिका-३ स्थित एसएन ट्रेडर्सबाट नगद ८ लाख रूपैयाँ, मोटरसाइकलको ब्याट्री ७ थान र चाँदीका सिक्का समेत गरी करिब ८ लाख ७६ हजार ५ सय रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ । साथै सोही ठाउँस्थित नवयुग बहुउदेश्य सहकारी संस्थाबाट नगद ३ लाख ८७ हजार ६ सय १७ रूपैयाँ, ल्यापटप १ थान र अन्य विभिन्न सर-सामनहरू गरी करिब ५ लाख ७८ हजार ६ सय १७ रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















