धनकुटा । प्रथम मंसिर पूर्णिमा आमन्त्रित फुटबल कप प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा आयोजक तुंखा फुटबल क्लब र थाप्रोङ फुटबल क्लब फाइनलमा प्रवेश गरेका छन्।
थाप्रोङको जितमा आशिष चेम्जोङ, विश्व चेम्जोङ, धिमन चेम्जोङ, विरेन चेम्जोङ, नगेन्द्र वि.क र अनन्तदीप राईले गोल गरेका थिए। वुद्ध चेम्जोङको प्रहार गोलकिपर मिलन चोकका सुपर राईले रोकेका थिए।
फाइनल खेल शनिबार हुनेछ। उपाधिका लागि आयोजक तुंखा फुटबल क्लब र थाप्रोङ फुटबल क्लब बीच खेल हुनेछ। तुंखा फुटबल क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले नगद ५५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। उपविजेता टिमले ३२ हजार ५ सय रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक तुंखा फुटबल क्लबका सचिव उदिप देवानले बताए।
त्यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरूलाई पनि नगदसहित पुरस्कारको व्यवस्था रहेको उनको भनाई छ। १२ टिमको सहभागिता रहेको प्रतियोगिता आगामी पुस १४ गतेसम्म सञ्चालन हुनेछ।प्रतियोगिता सम्पन्न गर्नका लागि देश तथा विदेशमा रहेका तुंखावासीहरूले आर्थिक सहयोग गरेका छन्।
















