काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को विजेता पाउने ट्रफी सार्वजनिक भएको छ । भारतीय फुटबल टिमका पूर्व कप्तान भाइचुङ भुटियाले शुक्रबार दशरथ रंगशालमा एनएसएलको ट्रफी सार्वजनिक गरेका हुन् ।
भुटियासहित नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बु, अभिनेता दयाहाङ राई, एनएसएलका आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टका अध्यक्ष आश्रयता कार्की चौधरी र निर्देशक श्रेयांश कार्की उपस्थित थिए ।
एनएसएल २०२३ को फाइनलमा शनिबार धनगढी एफसी र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
यस्तै ललितपुरले दोस्रो क्वालिफायरमा पोखरा नै अतिरिक्त समयमा पराजित गर्दै फाइनल पुगेको हो । विजेताले ट्रफी र नगद ७० लाख पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले नगद २० लाख पाउनेछन् ।


















