स्कार्पियोको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु

48

बाँके । नेपालगंज उपमहानगरपालिका-१८ स्थित सडकमा सु.प.प्र ०१-००१ च ३४६४ नम्बरको स्कार्पियोको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१३ बस्ने २४ वर्षीया आस्था शाह र हाल नाम, थर, वतन नखुलेका ३५ वर्षीय पुरूषको गएराति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त स्कार्पियोको ठक्करबाट घाइते भएका १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले स्कार्पियो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here