प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा सार्वजनिक बिदा नदिन निर्देशन

20

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक बिदा नदिन तथा बालबालिकाहरुलाईसमेत सहभागी नगराउन सरकारी निकायलाई निर्देशन दिएका छन्।

रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक बिदा दिएको समाचार आएपछि प्रधानमन्त्रीको निर्देशन बमोजिम सचिवालयले प्रधानमन्त्रीको निर्देशनवारे जानकारी गराएको हो।

प्रधानमन्त्रीको सन्देशपछि सुनापति गाउँपालिकाले यसअघि दिएको बिदा रद्द गरेको बताइएको छ। प्रधानमन्त्री सहभागी हुने अन्य कार्यक्रममा पनि सार्वजनिक बिदा नदिन र बालबालिका प्रयोग नगर्न प्रधानमन्त्रीको निर्देशन रहेको सचिवालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here