काठमाडौं । गायक प्रकाश सपूतले नयाँ म्यूजिक भिडियाे सार्वजनिक गरेका छन्।
‘मुटु कटक्कै’ शीर्षकको म्यूजिक भिडियाेमा उद्यमशीलतालाई प्राथमिकतामा राखिएको छ। भिडियाेमा एउटा चिया पसल खोलेर बसेका युवाले नयाँ कन्सेप्टमा व्यवसाय सञ्चालन गर्छन्।
रुन चाहनेहरूलाई रुने ठाउँको रुपमा ‘रुवाबासी सेन्टर’ स्थापना गर्छन्। व्यवसाय राम्रोसँग फस्टाएको पनि भिडियाेमा देख्न सकिन्छ।
गीतमा प्रकाशकै शब्द,संगीत तथा आवाज छ। त्यसैगरी प्रकाशको आवाजमा कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन्।
प्रकाशले निर्देशन गरेका गीतको भिडिओमा प्रकाश दुई भूमिकामा देखिएका छन्। उनीसँग कुशुम शर्मा पनि देखिएकी छन्। गीतलाई नवजराज उप्रेतीले खिचेका छन्।


















