सुनचाँदीकाे मूल्य घट्याे

42

काठमाडौं । साताको पाँचौं दिन बिहीबार सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेको छ।

बुधबारको तुलनामा बिहीबार सुन तोलाको १३ सय रुपैयाँले घढ्दा चाँदीमा ३० रुपैयाँको गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको १ लाख १९ हजार ५ सय रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य बुधबारको तुलनामा बिहीबार ३० रुपैयाँले कमी आई १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here