पूर्वराजा शाहलाई भैरहवामा नागरिक अभिनन्दन

101

बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाहलाई बिहीबार रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ।

अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह परिवारसहित सहभागी भएका थिए। विभिन्न ठाउँबाट स्वःस्फूर्त सहभागी भएका नागरिक तथा विभिन्न संघसंस्थाले झाँकी तथा साँस्कृतिक प्रस्तुति गरेका थिए।

नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा. रामप्रसाद बस्यालले जनता पूर्वराजालाई स्वागत तथा अभिनन्दन गर्न आतुर रहेको बताउँदै जनताले राजालाई मुलुकको अभिभावकको रुपमा चाहेको उल्लेख गरे।

कार्यक्रममा सहभागीले ‘राजा आउ देश बचाउ’को नारा लगाएका थिए। पूर्वराजा शाह गत पुस ८ गते भैरहवा आइपुगेको हुन्। उनी भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेर राजनीतिक तथा व्यक्तिगत भेटघाटलाई तीब्रता दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here