काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले गरेको भारतीय राजदूतावासले सिधै २० करोड रुपैयाँ पैसा खर्च गर्न पाउने सहमतिको विरोध गरेका छन्।
काठमाडौंमा राष्ट्रिय अपाङ्गता संगठन नेपालद्वारा आइतवार आयोजित सेतो छडी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि देशले बजेटअन्तर्गत नभई सिधा जनतामा वितरण गर्ने कुरा आफ्ना मान्छे बनाउने षड्यन्त्रपूर्ण योजना भएको जिकिर गरे।
उनले सरकारले गरेको सो सहमति र सम्झौताको विपक्षमा एमाले रहेको बताए। उनले यो सहमति राष्ट्रिय हितविपरीत रहेको दाबी गरे। उनले सिधा दूतावासले वितरण गर्ने कुरा खेदजनक रहेकाले एमालेले स्वीकार गर्न नसक्ने बतााए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले देशको राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता कमजोर बनेको बताए। उनले सरकारले अपाङ्गतामैत्री नीति बनाउन आवश्यक रहेको बताए।


















